RECOFTC
WAVES

ग्रामीण नेतृत्व विकाश तालिम ः महिलाको नेतृत्व र सहभागिता

महिलाहरूले लैङ्गिक समानताको वकालत गर्न र वन व्यवस्थापनमा अर्थपूर्ण रूपमा योगदान गर्न आवश्यक पर्ने नेतृत्व कौशलहरू सिक्छन्।
Waves

रिकफ्ट नेपालले काभ्रेपलाञ्चोकको डिभिजन वन कार्यालयसँगको सहकार्यमा सामुदायिक वन उपभोक्ता समूहका महिला सदस्यहरूलाई ग्रासरुट जेन्डर लिडरशिप डेभलपमेन्ट तालिम सफलतापूर्वक प्रदान गरेको छ। तालिमको मुख्य उद्देश्य समूहका सदस्यहरूको नेतृत्व क्षमताको विकास गर्नु हो र यसले गर्दा उनीहरूले वन व्यवस्थापन, स्रोतको उपयोग र निर्णय प्रक्रियामा प्रभावकारी र अर्थपूर्ण रूपमा सहभागी हुन सकुन् भन्ने रहेको छ । 

Waves

तालिममा २२ जना महिलाको सहभागिता रहेको थियो । तालिममा नेपालको वन तथा वातावरण मन्त्रालयका जेण्डर च्याम्पियनहरुले सहजीकरण गरेका थिए । उनीहरूलाई पहिले, रिकफ्टको पहल विभिङ लिडरशिप फर जेण्डर इक्वलिटी वा ध्ब्ख्भ्क् द्वारा, समानताको वकालत गर्न र उनीहरूको समुदाय र संस्थाहरूमा लैङ्गिक–मुख्य प्रवाहका कार्यक्रमहरूको नेतृत्व गर्न तालिम दिइएको थियो । 

दुई दिने यस तालिमले प्रत्येक सहभागीलाई आफ्नो कार्य, समुदाय र घरपरिवारमा लैङ्गिक मुद्दाहरू उठाउन मद्धत गर्दछ । यस तालिम विशेषतः लैङ्गिकताका बारेमा आधारभूत अवधारणाहरू र प्राकृतिक स्रोतहरूको संरक्षण र व्यवस्थापनमा महिलाहरूले खेल्ने भूमिकाहरूमा केन्द्रित थियो । 

“सबैभन्दा ठूलो परिवर्तक त्यो व्यक्ति हो जसले साहस, प्रतिबद्धता र अगुवा बन्नको लागि आवश्यक दृढ संकल्पलाई चिन्दछ” भन्छिन् एक सहभागी, नारायणी शर्मा दाहाल । 

महिला नेताहरूले लिंग र लिङ्गबीचको भिन्नता, समाजमा जिम्मेवारीलाई आकार दिने सामाजिक संरचना, महिला र पुरुषको परिवर्तनशील क्षेत्र, शक्ति सम्बन्ध, अन्तरसम्बन्ध, रुढीवादी र पूर्वाग्रहहरूबारे जानकारी लिएका थिए । उनीहरूले सुशासन र वनको प्रभावकारी व्यवस्थापनमा महिलाहरूले खेल्ने भूमिका र जिम्मेवारीहरू र उनीहरूलाई आवश्यक पर्ने नेतृत्व सीपहरूको बारे जानकारी प्राप्त गरे साथै सहभागीहरूले आ–आफ्नो नेतृत्व क्षमताको पनि मूल्याङ्कन गरेका थिए ।

Waves

सहभागीहरूले लैङ्गिक समानताका लागि काम गर्न सक्ने रणनीतिक स्थानमा महिला नेतृत्वको आवश्यकता रहेको बताए । वन व्यवस्थापनमा महिलाले सार्थक योगदान दिए पनि अवसर र सशक्तीकरणको अभाव छ । तसर्थ, तालिम उनीहरूको आत्मविश्वास बढाउन र उनीहरूलाई आवाज उठाउन मद्दत गर्ने बूस्टर थियो । सहभागीहरूले महिला सशक्तिकरण हुँदा उनीहरू सामाजिक प्रगति र दिगो विकासका लागि अगुवा र परिवर्तनका अभिकर्ता हुने कुरा महसुस गरे । 

तालिमको अन्त्यमा, सहभागीहरूले लैङ्गिक समानतामा उल्लेखनीय सुधार गर्ने कार्य योजना बनाउन सहमत भए जसले तालिमको अर्को मोड्युलको लागि तयार गर्न मद्धत गर्दछ ।  

###

The Weaving Leadership for Gender Equality (WAVES) initiative enhances leadership skills and supports the capacity of leaders to advocate for gender equality. RECOFTC implements WAVES with support from the Swedish International Development Cooperation Agency (Sida). For more information visit the WAVES page.

RECOFTC’s work is made possible with the support of the Swiss Agency for Development and Cooperation (SDC) and the Swedish International Development Cooperation Agency (Sida).